दफा १९
आर्थिक लगत र कार्यक्रम पेश गर्ने
(१) बोर्डले आफ्नो आर्थिक वर्ष शुरु हुनुभन्दा
कमसेकम तीन महीना अगावै समिति र त्यसका सहायक अङ्गद्वारा आगामी आर्थिक वर्षमा
गरिने कार्य सञ्चालन सम्बन्धी कार्यक्रम, विकास कार्य, अरु काम कुराहरूको विवरण, पूँजी
लगानी र कर्मचारीहरूको थप मद्दत चाहिने भए त्यसको विवरण सहित प्रस्तावित आर्थिक
लगत साधारण सभामा पेश गर्नु पर्दछ ।
(२) कुनै आर्थिक वर्षमा उपदफा (१) अन्तर्गत पहिले नै पेश भइसकेको कार्यक्रममा
उल्लेखित कुराहरूको अतिरिक्त अरु कुनै विशेष कार्य गर्न बोर्डले चाहेमा र त्यसले गर्दा
प्रस्तावित आर्थिक लगतमा ठोस अदल बदल ल्याउन सम्भावना भएमा यस्तो काम कुराको
पूरक कार्यक्रम र त्यस सम्बन्धमा उक्त आर्थिक सालको बाँकी रहन आएको रकममा बेहोर्ने
खर्च र प्राप्त गर्ने रकमको पूरक लगत साधारण सभामा स्वीकृति निमित्त पेश गर्नेछ ।
(३) साधारण सभाको व्यवस्था नभएसम्म बोर्डले उपदफा (१) र (२) बमोजिमको
लगत नेपाल सरकारमा पेश गर्नु पर्नेछ ।